३५ किलो गाँजासहित ५ जना पक्राउ

नेपालभ्युज

३५ किलो गाँजासहित ५ जना पक्राउ

हेटौँडा। मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित पूर्व-पश्चिम लोकमार्गमा यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा चितवनबाट हेटौँडा आउँदै गरेको बा ८ ख ८१०६ नम्बरको बसको पछाडिको सिटमा सवार यात्रुले झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नम्बर १ का १९ वर्षीय सरोज तामाङ, ११ नम्बर वडाका २५ वर्षीय सुर्य बहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबीलाल तामाङ रहेका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved