मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

नेपालभ्युज

मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
प्रतिकात्मक तस्वीर।

हेटौंडा। हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडाका अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए।

हेटौंडा १३ पदमपोखरी स्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको बिहान करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु हो।

घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved