‘अर्थतन्त्र गिरावटको निवारण गर्न सार्थक हस्तक्षेप नगरे देश श्रीलंका हुन्छ’

नेपालभ्युज

‘अर्थतन्त्र गिरावटको निवारण गर्न सार्थक हस्तक्षेप नगरे देश श्रीलंका हुन्छ’

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र गिरावटका कारणहरूको निवारण गर्न सार्थक हस्तक्षेप नगरे श्रीलंका हुनबाट कसैले जोगाउन नसक्ने बताएका छन्।

अर्थतन्त्रको अवसथाबारे एमालेले आज गरेको पत्रकार सम्मेलनमा पौडेलले आफूहरूले सरकार छाड्दा सबल र सलृढ अर्थतन्त्र छाडेका पनि दाबी गरे। राष्ट्र बैंकको स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै उनल‍े गभर्नरको निलम्बन निन्दनीय, लज्जास्पद, घृणायोग्य काम भएको बताए।

“हामीले स्वस्थ र सुदृढ अर्थतन्त्र छोडेका थियौं। मुलुकको आर्थिक अवस्था जोखिममा छ। यदि हामीले सार्थक हस्तक्षेप गरेनौं भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन,” पौडेलले भने, ‘यो नीति र व्यवहारको नतिजाले मुलुक बिग्रँदै गएको छ।”

हिजो र अहिलेको तुलनात्मक अवस्थाको अध्ययन गर्न जरुरी भएको उनले बताए। भने, “केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गर्दै खोपको समेत व्यवस्था गर्‍यो,” पौडेलले भने, “हामीले विकास, सामाजिक सुरक्षा, समृद्धि, कर र लगानीको दृष्टिकोणले लोकप्रिय बजेट ल्यायौं तर पूर्वाग्रह राखेर प्रतिस्थापन विधेयक ल्याइयो।”

हरेक किसिमले क्षमतावान गभर्नर हटाइएको भन्दै उनले सरकारले यो निर्णय सच्याएन भने अझै आर्थिक संकट आउने चेतावनी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved