एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु

प्याकअनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन्।

नेपालभ्युज

एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु

काठमाडौं। नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यू इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ।

यी अफरहरु आज आइतबार (२७ चैत्र) देखि सञ्चालनमा आएका छन्। यस आकर्षक न्यू इयर कम्बो प्याकअन्तर्गत ग्राहकले सात दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याकहरु सुचारु गर्न सक्छन्।

प्याकअनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन्।

त्यस्तै, रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन्।

कम्बो प्याकअन्तर्गत सात दिनको समयसीमा रहेको प्याक ग्राहकले करसहित मात्र ९६ रुपैयाँमा सुचारु गर्न सक्छन् र यस प्याकमा बण्डल गरिएको एक जीबी अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिने १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन्।

कम्बो प्याक अन्तर्गत नै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुमसहित २८ दिन समयसीमा रहेको अन्य दुई प्याकहरु पनि रहेका छन्। साथै, रिचार्ज योजनामा ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved