काठमाडौं। विश्व शान्तिका लागि रूसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दीप प्रज्वलन गरिएको छ। मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न दिप प्रज्वलनमा युद्धलाई निषेध र शान्ति प्रवर्द्धन गर्न सबैलाई आग्रह गर्नुका साथै हिमालय बचाउँन र नदी जोगाउन समेत आह्वान गरिएको थियो।
यस अभियानअन्तर्गत गण्डकी प्रदेशको माथिल्लो मुस्ताङ लोमानथाङ्गसहित लुम्बिनी, बागमती र कर्णाली प्रदेशका रूकुम पश्चिम, सल्यानसमेत गरी २० जिल्लाका २२ स्थानमा दर्जनौँ सभा सम्पन्न भएको थियो। अभियानको विभिन्न चरणमा शान्ति समाजका संस्थापक सभापति, सभापति, सल्लाहकारहरु र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको सहभागिता थियो।
गत २१ चैतमा पाल्पाको तानसेनमा पनि विश्व शान्तिका लागि रूसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै दिप प्रज्वलन गरिएको थियो।
Facebook Comment
Comment