इमरान खानले विघटन गरेको संसद् सर्वोच्चले पुनर्स्थापना गरिदियो

नेपालभ्युज

इमरान खानले विघटन गरेको संसद् सर्वोच्चले पुनर्स्थापना गरिदियो

पाकिस्तानी प्रधानमन्त्री इमरानले गरेको संसद् विघटन प्रस्ताव त्यहाँको सर्वोच अदालतले बदर गरिदिएको छ। चार दिनसम्म चलेको सुनुवाइपछि सर्वोच्चले भन्यो, ‘अविश्वासको प्रस्ताव खारेज गर्ने र राष्ट्रियसभा विघटन गर्ने दुवै कार्य गैरकानूनी भएको छ।’

प्रधानमन्त्री इमरान खानले राष्ट्रपतिलाई संसद भंग गर्न आग्रह गर्ने अधिकार त्यहाँको संविधानले दिएको छैन।

यतिबेला इस्लामावादमा सेनाहरू तैनाथ गरिएको छ। संसद् बैठक वैशाख ९ गते बोलाइएको छ। अविश्वासको प्रस्तावमा मतदान हुनेछ। गत आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरिदिएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved