रेमिट्यान्स कसरी बढाउने? यस्ता छन् श्रममन्त्रीका दर्जन प्रस्ताव

नेपालभ्युज

रेमिट्यान्स कसरी बढाउने? यस्ता छन् श्रममन्त्रीका दर्जन प्रस्ताव

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिट्यान्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरूबारे बिभिन्न प्रस्ताव गरेका छन्।

अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्सबाट अधिकतम लाभ लिन हुण्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए।

नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैंकहरूसँग लगानीयोग्य पुँजी अभावको समस्या हट्ने मन्त्री श्रेष्ठको भनाइ छ। मन्त्री श्रेष्ठले नेपाल आउने रेमिट्यान्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरूबारे राख्नुभएका प्रस्ताव यस्ता छन्।

वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने।विदेशबाट पैसा पठाउदा लाग्ने सेवाशुल्क हटाउनुपर्ने
विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने।
विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने।
औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टिभी, गरगहना आदिमा सहुलियत दिने।
औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनस् श्रम स्वीकृति लिंदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने।
बार्षिक रुपमा सवैभन्दा धेरै विप्रेषण पठाउने मध्येलाई राष्ट्रिय सम्मान गर्ने।
औपचारिक माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउनेहरूलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवाहरूमा ५० प्रतिशत सहुलियत दिने।
नेपाल फर्केर उद्यम गर्नेहरूलाई विदेशमा हुँदा पठाएको रकम बराबरै रकम निश्चित समयका लागि बिनाब्याज उपलब्ध गराउने।
वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने।
सरकारले तोकेबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पुर्ण रोक लगाउने।
वैदेशिक रोजगारीमा जान विद्यमान प्रकृयालाई सहज र सरल बनाउने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved