नेपाल टेलिकमको नाफा ७ अर्ब ३३ करोड

नेपालभ्युज

नेपाल टेलिकमको नाफा ७ अर्ब ३३ करोड

काठमाडौं। नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताए।

कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि उनले स्पष्ट पारे। अध्यक्ष अर्यालले भने, “अन्तराष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्ब ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्ब २१ करोड र ७ अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको छ। कोभिड १९ को कारणले भ्वाइस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरूले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ।”

टेलिकमले शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर उपलब्ध पनि गराउने भएको छ।

शेयरधनीहरूको मनोबललाई उच्च बनाउन बोनस शेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम संचालक समितिका अध्यक्ष अर्यालको भनाइ छ।

अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताए। अनलाइन पेपेन्ट गर्ने सरकारको कार्यक्रमअनुसार तयारीको कामलाई पनि फोकस गरिएको नेपाल टेलिकमले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved