श्रीलंकाली राष्ट्रपतिले नियुक्त गरे आर्थिक विज्ञहरुको समूह

समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्वगभर्नर, विश्व बैंकका पूर्वप्रमुख अर्थशास्त्री र आईएमएफका पूर्वनिर्देशक रहेका छन्।

नेपालभ्युज

श्रीलंकाली राष्ट्रपतिले नियुक्त गरे आर्थिक विज्ञहरुको समूह
फाइल तश्वीर

एजेन्सी। श्रीलंकाली राष्ट्रपति गोटबाया राजपाक्षले त्यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन्।

श्रीलंकाली राष्ट्रपतिको कार्यालयले बिहीबार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा जनाइएको छ। पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट परेको छ, जसको समाधानका लागि उनले यो समूह नियुक्त गरेका हुन्।

पछिल्ला केही दिनमा आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले बुधबार राति विज्ञ समूह गठन गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

सो समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्वगभर्नर, विश्व बैंकका पूर्वप्रमुख अर्थशास्त्री र आईएमएफका पूर्वनिर्देशक रहेका छन्। उनीहरुले श्रीलंकाली राष्ट्रपतिसँग यस विषयमा छलफल पनि गरिरहेका छन्।

हाल आर्थिक संकटमा फसेको श्रीलंकाका अर्थमन्त्रीले पनि यसअघि नै राजीनामा दिएका छन्। त्यसैगरी अन्य मन्त्रीहरुले पनि श्रीलंकाली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिएका छन्।

श्रीलंकाको आर्थिक क्षेत्रका यी विज्ञहरुको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक संकटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ।

श्रीलंका आर्थिक संकटमा फसेकाले यसको विकास र उद्वारका लागि विभिन्न उपायहरुको खोजी गरिरहेका बेला श्रीलंकाली राष्ट्रपतिले नियुक्त गरेका यी विज्ञहरुबाट थप सहयोग पुग्ने अपेक्षा गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved