काठमाडौं। गृह मन्त्रालयले नेपालमा लागूऔषध गम्भीर समस्याको रूपमा देखा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ। बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले पछिल्लो समय नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको कारण विभिन्न अपराधिक घटना भइरहेको बताए।
बढ्दो अपराधिक घटनालाई नियन्त्रण गर्न सरकारले विभिन्न कार्ययोजना बनाइरहे पनि लागूऔषधका कारण अवैध कारोबारमा प्रोत्साहन भइरहेको र युवा जनशक्तिको सिर्जनशीलतामा पनि असर पारिरहेको उनको भनाइ थियो। जसकारण अपराधिक घटनाहरु पनि बढ्दै गएको र राष्ट्रिय सुरक्षामा नै चुनौती सिर्जना भएको उनले बताए। उनले यसलाई नियन्त्रण गर्नका लागि सरकारले तीनै तहका सरकारी र गैर सरकारी क्षेत्रमा दीर्घकालीन सोच, नीति, कार्यक्रम क्रियाकलाप र बजेट तर्जुमा गर्नु पर्ने पनि बताए।
Facebook Comment
Comment