राखेप फर्कन सिलवालले दायर गरेको रिट सर्वाेच्चद्वारा खारेज

नेपालभ्युज

राखेप फर्कन सिलवालले दायर गरेको रिट सर्वाेच्चद्वारा खारेज
फाइल तस्वीर

काठमाडौं। सरकारले कानूनविपरित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को सदस्यसचिवबाट हटाएको भन्दै रमेश कुमार सिलवालले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ।

आज मंगलबार (२२ चैत)मा सर्वाेच्च अदालतका न्यायाधीशहरु अनिल कुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो।

केपी शर्मा ओली नेतृत्वको सरकारले सिलवाललाई नियुक्त गरेको थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले १ कार्तिकमा सिलवाललाई राखेपको सदस्यसचिवबाट बर्खास्त गरेको थियो। तत्कालीन सदस्य सचिव सिलवाललाई १ कात्तिकमा बर्खास्त गरेको सरकारले टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो।

सरकारले नियमविपरीत आफूलाई बर्खास्त गरेको भन्दै सिलवालले सर्वाेच्च अदालतमा २१ पुसमा रिट दायर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved