९० किलो गाँजासहित एकजना पक्राउ

नेपालभ्युज

९० किलो गाँजासहित एकजना पक्राउ

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले ९० किलोग्राम लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित पुर्व पश्चिम लोकमार्गबाट हेटौंडा आउँदै गरेको बीआर २५ ग ३०९२ नम्बरको भारतीय ट्रक चेकजाँचको क्रममा उक्त परिमाणको गाँजा भेटिएको हो। इलाका प्रहरी कार्यालय मनहरीको टोलीले हिजो साँझ गोप्य सुचनाको आधारमा ट्रकको चेकजाँच गरेको थियो।

ट्रक चालक भारत मोजफरपुर जिल्ला हरिचन्द्र गाउँका ३५ वर्षीय असगर अलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved