‘केही गर्न नसक्नेहरूले भ्युटावरको विरोध गरे’

नेपालभ्युज

‘केही गर्न नसक्नेहरूले भ्युटावरको विरोध गरे’

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही गर्न नसक्नेहरूले विकास, निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेको बताएका छन्।

अध्यक्ष ओलीले कांग्रेस नेता शेखर कोइरालाप्रति संकेत गर्दै भ्युटावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको बताएका हुन्। आइतबार काठमाडौंमा पार्टीको सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा उनले आफूले बनाएका भ्यूटावरहरू हाम्रा सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गर्दै विकासको त्यो मोडेललाई नबुझ्नेहरूले त्यसो नगर्ने प्रतिज्ञा गर्न आग्रह गरेको बताए।

केहीलाई धराहरा बनाएको भतभती पोले पनि आफूहरूलाई भने गर्वको महसुश हुने गरेको उनले बताए। अध्यक्ष ओलीले धरहरा एउटा भ्यू टावर भएको र त्यो राष्ट्रको पहिचान, गौरव र इतिहास भएको स्मरण गराए। भने, “अहिले एकखालको भ्यू टावर विरोधीहरूले हल्ला चलाएका छन। मलेशियामा महाथिरले त्यो ट्वीन टावर बनाएका थिए। त्यो बनाएका बेला महाथिर पागल हो कि क्या हो ? यो गरिव देशकाो सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बनायो भन्ने ठूलो आलोचना थियो। त्यो भ्यू टावर अहिले मलेशियाको भ्यूटावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तीनै भ्यू टावरहरू हुन्।

अध्यक्ष ओलीले पार्टीले स्थापना गरेको सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने पटकपटक दोहोर्‍याए। उनले जनताको सेवा गर्ने उद्देश्यका साथ स्थापना गरिएको केन्द्रका लागि पार्टीका ८ लाख ५५ हजार बढी संगठित सदस्यहरूले सय रुपैयाँका दरले सहयोग गर्दा पनि केही करोड हुने बताए।

कार्यक्रममा ओलीले सो केन्द्रको संयोजकको जिम्मेवारी पार्टीका सांसद एवम् उद्योगी मोति दुगडलाई तोकिएको पनि घोषणा गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved