निर्वाचन आयोगले चुनावी आचारसंहिता कार्यान्वयनबारे छलफल गर्दै

वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग निर्वाचन आयोगले आज छलफल गर्ने भएको छ।

नेपालभ्युज

काठमाडौं। वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग निर्वाचन आयोगले आज छलफल गर्ने भएको छ। स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई आयोगले छलफलका लागि बोलाएको हो।

चैत २२ गते मंगलबार दलहरूका प्रतिनिधिसँग आयोगले आचारसंहिताबारे प्रतिबद्धता लिन लागेको छ। आयोगले वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि दलहरूबाट निर्वाचन आचारसंहिता कार्यान्वयनबारे प्रतिबद्धता लिने तयारी गरेको आयोग स्रोतको भनाइ छ।

गत चैत ३ मै निर्वाचन आचारसंहिता स्वीकृत भई राजपत्रमासमेत प्रकाशित भइसकेको छ। स्थानीय चुनावमा भाग लिने ७९ दलका प्रतिनिधिसँग छलफल गरेर आचारसंहिता पालनाको लागि प्रतिबद्धता लिइने आयोगको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved