नेपाल-भारतको सीमा अवाञ्छित तत्वद्वारा दुरुपयोग नहोस् : मोदी

नेपालभ्युज

नेपाल-भारतको सीमा अवाञ्छित तत्वद्वारा दुरुपयोग नहोस् : मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको खुला सीमा अवाञ्छित तत्वद्वारा दुरुपयोग नहोस् भन्‍ने विषयमा छलफल भएको बताएका छन्। प्रधानमन्‍त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा सुरक्षा संयन्त्रबीचको आपसी सहयोगमा विषयमा समेत छलफल भएको उनले बताएका छन्।

भारत-नेपाल सम्बन्धको भविष्य र महत्वाकांक्षी लक्ष्य निर्धारण गर्न छलफल सफल हुने विश्वास पनि उनले व्यक्त गरे। उनले नेपाल र भारतकोजस्तो मित्रता र आपसी सम्बन्धको उदाहरण विश्‍वमा अन्यत्र कतै देख्न नपाइने बताए।

नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री देउवा भारतका पुराना मित्र रहेको बताए। उनले नेपालको शान्ति, प्रगतिका लागि भारतको साथ सधैं रहने बताए।

देउवासँगको वार्तामा यी सबै विषय र अन्य सबै उपलब्धिबारे सार्थक छलफल भएको उनले बताए। उनले भविष्यको रूपरेखाबारे पनि दुईबीच विमर्श भएको बताए। ”हामीले उर्जा क्षेत्रमा सहकार्य गर्नुपर्ने आवश्यकता छ। उर्जा क्षेत्रमा भएको सहकार्य भविष्यमा महत्वपूर्ण साबित हुनेछ,” उनले भने,”कुनै पनि क्षेत्रको विकासका लागि यो गेम चेन्जर साबित हुनसक्छ।”

नेपालको हाइड्रोपावर विकासमा भारतको थप भागिदारीको विषयमा पनि छलफल भएको उनले बताए। संयुक्त पत्रकार सम्मेलनका दौरान नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर समेत भएको छ।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक  विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved