अस्ट्रेलियाविरूद्ध पाकिस्तान विजयी, बाबर र इमामको शतक

नेपालभ्युज

अस्ट्रेलियाविरूद्ध पाकिस्तान विजयी, बाबर र इमामको शतक

एजेन्सी । अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाकिस्तानले शान्दार जीत निकालेको छ। अस्ट्रेलियाले दिएको ३ सय ४९ रनको लक्ष्यलाई पाकिस्तानले केवल ४ विकेटको क्षतिमा ६ बल बाँकी छँदा पछ्यायो।

विशाल लक्ष्य पछ्याएको पाकिस्तानबाट कप्तान बाबर आजमले १ सय १४ र इमाम उल हकले १ सय ६ रन प्रहार गरे। इमामले पहिलो विकेटका लागि अर्का ओपनर फकर जमानसँग मिलेर १ सय १८ रनको साझेदारी गरेका थिए।

फकरले ६७ रन बनाए। त्यसअघि अस्ट्रेलियाबाट बेन म्याक डर्मोटले १ सय ६, ट्राभिस हेडले ८९, मार्कस स्टोइनिसल ४९ रन बनाएका थिए।

पाकिस्तानका कप्तान बाबर आजम खेलको म्यान अफ दि म्याच घोषित भए। एकदिवसीय इतिहासमा पाकिस्तानले यति ठूलो रन स्कोर चेज गरेको यो पहिलोपटक हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved