प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाँदै छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनी दिउँसो १ बजे तीन दिने औपचारिक भारत भ्रमणमा निस्कन लागेका हुन्।

नेपालभ्युज

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाँदै छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनी दिउँसो १ बजे तीन दिने औपचारिक भारत भ्रमणमा निस्कन लागेका हुन्।

प्रधानमन्त्री देउवासहित परराष्ट्र मन्त्री नारायण खड्का, ऊर्जा मन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा र कृषि मन्त्री महिन्द्र राय यादव भारत जान लागेका हुन्। प्रधानमन्त्री देउवा नेतृत्वमा ५० सदस्यीय भ्रमण टोली भारत जाने भएको हो।

साथै प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भारत भ्रमणका क्रममा सीमा विवाद, ऊर्जा, द्विपक्षीय हित, व्यापार तथा लगानीलगायत विभिन्न विषय नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले जनकपुर–जयनगर रेलको संयुक्त रूपमा उद्घाटन गर्ने तयारीसमेत छ।

प्रधानमन्त्री देउवाले नयाँ दिल्लीमा व्यापारीहरूको एउटा भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। तीन दिने भ्रमण सकेर फर्कनुअघि प्रधानमन्त्री देउवाले वाराणसीको भ्रमण पनि गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved