झुक्क्याउलान् है, आज अप्रिल फूल हो ! यस्तो छ यसको रहस्य

साथी–साथी, परिवारका सदस्य आदिले एक–अर्कालाई झुक्क्याएर मूर्ख बनाउने परम्परा छ। अप्रिल फूलका दिन सामान्य व्यवहारिक मजाक वा मूर्खतापूर्ण कार्यमार्फत एक–अर्कालाई उल्लू बनाइन्छ। तरपनि सम्भावित दुर्घटनाप्रति भने सचेत हुनु जरुरी छ।

नेपालभ्युज

झुक्क्याउलान् है, आज अप्रिल फूल हो ! यस्तो छ यसको रहस्य

काठमाडौं। आज अप्रिल फस्ट अर्थात्, अप्रिल फूल डे। अप्रिल फूललाई कतिपयले अल फूल डे भन्छन्। अप्रिल फूलमा व्यवहारिक जोक तथा झूटहरूमार्फत रमाइलो खेल खेल्ने चलन छ। यसमा साथी–साथी, परिवारका सदस्य आदिले एक–अर्कालाई झुक्क्याएर मूर्ख बनाउने परम्परा छ। अप्रिल फूलका दिन सामान्य व्यवहारिक मजाक वा मूर्खतापूर्ण कार्यमार्फत एक–अर्कालाई उल्लू बनाइन्छ।

युरोपियन तथा पश्चिमा देशहरूमा बढी मनाइँदै आइएको अप्रिल फूल नेपालमा समेत प्रचलनमा छ। खासगरी साथीहरू तथा घरपरिवारका सदस्यहरूलाई झूटो सूचना दिएर मूर्ख बनाउने चलन छ । याे रमाइलोका लागि मनाइने मनाइँदै आइएको छ। तरपनि सम्भावित दुर्घटनाप्रति भने सचेत हुनु जरुरी छ। विश्वमा ग्लोबलाइजेसनको प्रक्रिया शुरु भएपछि अप्रिल फूल भारत, नेपालजस्ता एसियाली देशहरूमा समेत चर्चामा आएको मानिन्छन्।

यसअघि बाहिरी मुलुकमा मात्रै धेरै चर्चा हुने गथ्र्याे। बेलायत, आयरल्यान्ड, पोल्यान्ड, नर्वे, स्विडेन आदि देशमा पनि अप्रिल फूल मनाइन्छ। स्पेनिस भाषा बोलिने देशहरूमा २८ डिसेम्बरमा अप्रिल फूल मनाइन्छ, जसलाई डे अफ होली इनोसन्टस भनिन्छ। बेलायतका कतिपय अखबारले अप्रिल फूललाई नै आफ्नो मुख्य पृष्ठको विषयका रूपमा प्रस्तुत गर्छन्। फ्रान्स, रूस, आयरल्यान्ड, दक्षिण कोरिया, आयरल्यान्ड, क्यानडा, अमेरिका, ब्राजिल आदि देशमा पनि अर्कालाई मूर्ख बनाइन्छ।

अप्रिल फुल मनाउनुको यस्तो छ रहस्य

अप्रिल फूल किन मनाइन्छ भन्ने विषयमा कैयौँ रोचक अवधारणा प्रचलनमा छन्। तीमध्ये सबैभन्दा प्रचलित अवधारणाअनुसार प्राचीन रोमन साम्राज्यका मानिसहरू अप्रिलमा आफ्नो नयाँ वर्षको सुरुवात गर्थे। त्यस्तै मध्यकालीन युरोपमा २५ मेमा नयाँ वर्षको उपलक्ष्यमा एउटा उत्सवसमेत हुन्थ्यो।

सन् १८५२ मा पोप ग्रेगरी अष्टमले ग्रगोरियन क्यालेन्डरको घोषणा गरे, जसका आधारमा जनवरी १ लाई नयाँ वर्षको सुरुवात मानिन थाल्यो। फ्रान्सले उक्त क्यालेन्डरलाई सबैभन्दा पहिले स्वीकार गरेको थियो। युरोपमा कैयौँ मानिसले ग्रगोरियन क्यालेन्डरलाई स्वीकार गरेनन् त कतिपयलाई त्यसका बारेमा जानकारीसमेत थिएन। पछि नयाँ ग्रगोरियन क्यालेन्डरका आधारमा जनवरी १ मा नयाँ वर्ष मनाउने मानिसहरूले पुरानो क्यालेन्डरअनुरूप १ अप्रिललाई नयाँ वर्ष मान्ने मानिसहरूलाई मूर्ख मान्न थाले। उनीहरूले तिनीहरूको मजाक उडाउन त्यही बेलादेखि ‘अप्रिल फूल’को चलन चलाए।

राजा रिचर्ड द्वितीयको  इन्गेजमेन्ट

जनश्रुतिअनुसार १३ औँ शताब्दीमा इंग्ल्यान्डका राजा रिचर्ड द्वितीयको बोहेमियाकी रानी एनीसँगको इन्गेजमेन्टको वार्षिकोत्सव ३२ मार्च १३८१ मा आयोजना गर्ने घोषणा गरियो। यद्यपि मार्च महिना ३१ तारिखसम्मको मात्र हुन्छ। ३२ मार्चलाई मानेर मानिसहरू मूर्ख भए। त्यही मार्चको ३२ औँ दिनलाई अप्रिल फूल मान्न थालिएको विश्वाससमेत कतिपयको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved