आईपीएल: बैंगलोरको पहिलो जित, कोलकाता ३ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बैंगलोरले पहिलो जित निकालेको छ। उसले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको हो।

नेपालभ्युज

आईपीएल: बैंगलोरको पहिलो जित, कोलकाता ३ विकेटले पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बैंगलोरले पहिलो जित निकालेको छ। उसले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको हो।

बुधबारको खेलमा मुम्बईमा कोलकाताले दिएको १२९ रनको लक्ष्य बैंगलोरले १९ ओभर २ बलमा ७ विकेट गुमाउँदै १३२ रन बनायो। बैंगलोरको जितका लागि शेर्फेन रदर्फुर्डले २८ रन बनाए। त्यस्तै साहबाज अहमेदले २७ रन बनाउँदा डेभिड विलेले १८ रनको योगदान गरे।

बैंगलोरका लागि दिनेश कार्त्तिकले १४ रन जोडे। बलिङतर्फ कोलकाताका लागि टिम साउथीले सर्वाधिक ३ विकेट लिए। त्यसै उमेस यादवले दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले १८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२८ रन बनाएको थियो। कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक २५ रन बनाए। त्यस्तै उमेश यादवले १८ रनको योगदान गरे।

बलिङतर्फ बैंगलोरका लागि वानिन्दु हर्शरंगाले सर्वाधिक ४ विकेट लिए। त्यस्तै आकाश दीपले ३ विकेट लिए। जितसँगै बैंगलोरले दुई खेलमा २ अङ्क जोडेको छ। बैंगलोर पहिलो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो। यता दुई खेल खेलेको कोलकाताले २ अङ्क जोडेको छ। कोलकाताले पहिलो खलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved