२४ घण्टामा २५ जनामा देखियो कोरोना

नेपालभ्युज

२४ घण्टामा २५ जनामा देखियो कोरोना

काठमाडौं। पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९४० जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यसैगरी, १२ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। पीसीआर र एन्टिजेन गरेर पाँच सय १९२ जनाको परीक्षण गर्दा कुल २६ जनामा सङ्क्रमण देखिएको छ।

२४ घण्टामा ७७ जना सङ्क्रमण मुक्त भएका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर ११ सय ४६ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ७१ हजार ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved