टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु

नेपालभ्युज

टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु

काठमाडौं। गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ। स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो।

घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ। उक्त घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved