कांग्रेस केन्द्रीय समिति बैठक

विजय सुनिश्चित गर्न गठबन्धन : देउवा, गठबन्धन होइन आन्तरिक एकता : कोइराला

नेपालभ्युज

विजय सुनिश्चित गर्न गठबन्धन : देउवा, गठबन्धन होइन आन्तरिक एकता : कोइराला

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकमा सतागठबन्धनको सम्भावित चुनावी तालमेलको विषयमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सवाल–जवाफ भएको छ ।

सोमबार बसेको कांग्रेस बैठकमा नेता कोइरालाले आउदो स्थानिय तह निर्वाचनमा अरु पार्टीसंग काग्रेसले चुनावी तालमेल नगर्न नहुने धारणाा राखे भने सभापति देउवाले त्यसको प्रतिवाद गरे।

नेता कोइरालाले चुनावमा अरु दलसँग चुनावी तालमेल गर्नेभन्दा पनि पार्टीको आन्तरिक एकतामा ध्यान दिनुपर्ने बताएका छन्। केन्द्रबाट गठबन्धन लाद्ने प्रयास नगर्न आग्रह गर्दै नेता कोइरालाले ‘गठबन्धन कोसँग ? किन ? र के का लागि गर्ने ?’ भनेर प्रश्न गरे।

कोइराला पछि बोलेका प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले ०७४ सालको संसदीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा थोरै ठाउँमा मात्र जित हासिल गरेकाले अबको चुनावमा विजय सुनिश्चित गर्न गठबन्धन गरेरै जानुपर्ने बताएका छन्।

‘‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ,’’ देउवाले भने,‘‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’’

आफ्नोे आइडोलोजीमा शंका नगर्नु पनि देउवाले आग्रह गरे। उनले विगतमा माओवादीले आफू दुख दिएको भएपनि सबै कुरा बिर्सेर गठबन्धन कायम राख्दै कांग्रेसलाई जिताउनुपर्ने बताए।

बैठकमा गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणले सरकार बनाउँदा नै तीनै तहको चुनावमा गठबन्धन गर्ने सहमति भएको बताए। ‘त्यो सहमति कांग्रेसले तोड्नुहुँदैन, गठबन्धन बचाउनु पर्छ। गठबन्धन गर्दा कांग्रेसको संगठन पनि बिगार्नु हुँदैन’ उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved