१३ जिल्लामा शेयर सचेतना कार्यक्रम हुँदै

नेपालभ्युज

१३ जिल्लामा शेयर सचेतना कार्यक्रम हुँदै

काठमाडौं। देशका विभिन्न स्थानहरूमा शेयर बजारसम्बन्धी तालिम सञ्चालन हुने भएको छ। अर्थ सरोकारको आयोजना र अन्य विभिन्न संघ-संस्थाहरूको सहकार्यमा देशभरका विभिन्न १३ स्थानहरूमा शेयर बजारसम्बन्धी तालिम आयोजना हुन लागेको हो।

तालिम धेरैजसो ठाउँमा नि:शुल्क आयोजना गरिएकोमा केही ठाउँमा भने निश्चित शुल्क राखिएको शेयर सचेतना अभियानका आयोजक अर्थ सरोकारका प्रमुख सुरज प्याकुरेलले बताए।

अभियान अन्तर्गत रुकुम, विराटनगर, धरान, दमक, चितवन, जनकपुर, वीरगञ्ज, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, सुर्खेत र धनगढीमा तालिम हुन लागेको हो। तालिममा तालिमकर्ताको रूपमा शेयर बजारका पुराना तथा अनुभवी लगानीकर्ता सुबास चन्द्र भट्टराई रहनेछन् आयोजकले जनाएको छ।

अभियानको शुरु १९ चैतमा रुकुमको मुसिकोटबाट हुने र त्यसपछि क्रमश: भक्तपुर, ललितपुर, पोखरा, चितवन लगायतका स्थानमा तालिम हुने अभियानका प्रमुख प्याकुरेलले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved