सर्लाहीको फूलजोरमा बस दुर्घटना, चार जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फूलजोर भन्ने ठाउँमा बिहान सवा ११ बजे पुलबाट बस खोलामा खसेको हो।

नेपालभ्युज

सर्लाहीको फूलजोरमा बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं। वीरगन्जबाट जनकपुर जाँदै गरेको बस पुलबाट खस्दा चार जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फूलजोर भन्ने ठाउँमा बिहान सवा ११ बजे पुलबाट बस खोलामा खसेको हो।

विन्दवासिनी यातायातको ना ४ ख ८५५५ नम्बरको बस पुलबाट खोलामा खस्दा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूको पहिचान भइसकेको छैन। दुर्घटनामा भएका ३० जना घाइतेहरूलाई अस्पताल लगिएको छ। अनियन्त्रित बस पुलको रेलिङ भत्काएर झरेको स्थानीयले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved