मैदानमा ढलेको २८७ दिनपछि खेलमा फर्किएका इरिक्सनले गरे डेनमार्कका लागि गोल

नेपालभ्युज

मैदानमा ढलेको २८७ दिनपछि खेलमा फर्किएका इरिक्सनले गरे डेनमार्कका लागि गोल

एजेन्सी । युरो २०२० अन्तर्गत डेनमार्क र फिनल्यान्डविरुद्धको खेलमा क्रिष्ट्रियन इरिक्सन मैदानमै ढलेका थिए। पहिलो खेलमै मैदानमा लडेका इरिक्सनले यसपछि युरो गुमाए, किनकी उपचारका क्रममा उनलाई कार्डियक एरेस्ट भएको पुष्टि भयो ।

उनै इरिक्सन २८७ दिनपछि फेरि मैदानमा फर्किएर गोल गर्न सफल भए। वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेको दोस्रो मिनेटमै उनले डेनमार्कका लागि गोल गरेका हुन्।

उनले खेलमा गोलका लागि अन्य धेरै अवसर पनि सिर्जना गरे। यद्यपी, नेदरल्यान्डविरुद्धको खेल डेनमार्कले ४–२ ले हा¥यो। डेनमार्कका लागि महत्वपूर्ण विषय नै इरिक्सनको सफल पुनरागमन रह्यो।

खेलमा फर्कन पाउँदा आफू खुसी रहेको इरिक्सनको प्रतिक्रिया छ। उनले २०२२ को कतार विश्वकप खेल्नका लागि पनि आफू तयार रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved