जनकपुरधाम। मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन दर्ता भएको छ। २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि भर्ना खुलाइएकोमा ६८ हजार १९ जनाले आवेदन दिएका हुन्।
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएपछि प्रदेशमा ६८ हजार १९ जनाले दरखास्त दिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
कार्यालयका अनुसार सप्तरीमा ९ हजार ४ सय ३४, सिरहामा ६ हजार ५ सय ७, धनुषामा ९ हजार २१, महोत्तरीमा ८ हजार ५४, सर्लाहीमा १०८५१, रौतहटमा ४ हजार ४ सय ८४, बारामा ११ हजार २ सय ६७ र पर्सामा ६ हजार २ सय १ जनाको आवेदन परेको छ।
सप्तरीमा ३ हजार १ सय ३९, सिरहामा २ हजार ३ सय ३१, धनुषामा ३ हजार ४ सय ८६, महोत्तरीमा २ हजार ७ सय ३७, सर्लाहीमा ३ हजार ८८, रौतहटमा २५८९, बारामा २ हजार ५ सय २८ र पर्सामा १ हजार ८ सय १ जना म्यादी प्रहरी माग गरिएको प्रदेश प्रहरी प्रवक्ता एसपी तुलबहादुर कार्कीले बताए।
Facebook Comment
Comment