सन्दीप लामिछानेले बनाए अर्को रेकर्ड

नेपालभ्युज

सन्दीप लामिछानेले बनाए अर्को रेकर्ड

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान तथा लेग स्पिनर सन्दीप लामिटछानेले ओडीआई इन्टरनेशनलमा ५० विकेट पूरा गरेका छन्।

आज भइरहेको पपुवा न्युगिनी (पीएनजी)बीचको दोस्रो तथा अन्तिम ओडीआई खेलमा सन्दीप लामिछानेले चार्ल्स अमिनीलाई आउट गर्दै यो रेकर्ड पूरा गरेका हुन्। उनी ओडीआईमा ५० विकेट पूरा गर्ने पनि पहिलो खेलाडी बनेका छन्। उनले २२ खेलमा ५० विकेट पूरा गरेका हुन्।

ओडीआई क्रिकेटमा सबैभन्दा कम खेलमा ५० विकेट पूरा गर्ने उनी विश्वकै दोस्रो खेलाडी भएका छन्। श्रीलंकाका अजेन्था मेन्डिसले ओडीआई इन्टरनेशनलमा १९ खेलमा ५० विकेट पूरा गरेका थिए।
सन्दीपले सन् २०१८ मा नेदरल्याण्डविरुद्धको ओडीआईमा पहिलो विकेट लिएका थिए। साथै सन् २०१८ मा नेपालले ओडीआई मान्यता पाएदेखि लगातार २२ म्याच खेल्ने नेपालका एक मात्र खेलाडी पनि सन्दीप नै हुन्। नेदरल्याण्डका ओपनर स्टेफन मिबर्गलाई बोल्ड गर्दै सन्दीपले पहिलो ओडीआई विकेट लिएका थिए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved