देउवा र मोदीले १९ चैतमा जनकपुर-जयनगर रेल उद्घाटन गर्ने

देउवा र मोदीले १९ चैतमा जनकपुर-जयनगर रेल उद्घाटन गर्ने
फाइल तश्वीर

जनकपुरधाम। बहुप्रतिक्षित देशको एक मात्र रेल सेवा १९ चैतदेखि सञ्चालनमा आउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका समकक्षी भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा अनलाइनमार्फत रेल सेवा उद्घाटन गर्ने भएका छन्।

नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले १९ चैतमा दुवै देशका प्रधानमन्त्रीद्वारा रेलको उद्घाटन गर्ने जानकारी दिए। यद्यपि रेल उद्घाटनको लागि जनकपुरधाममा भने एक विशेष कार्यक्रम आयोजना गरिने उनले बताए।

जयनगर-जनकपुर-कुर्था रेल फागुनयता दिनमा एकपटक यात्रु बिना ‘ड्राय रन’ गरिरहेको थियो। सञ्चालनको मिति निश्चित नभएपछि २ चैतदेखि एक दिन बिराएर यात्रुबिना जनकपुरधामको कुर्थादेखि जयनगरसम्म रेल चल्दै आएको छ।

रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन नसकेकोमा केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेपछि रेल सञ्चालनको बाटो खुलेको थियो। रेल सञ्चालनका लागि सबै प्राविधिक तयारी पूरा भएको जानकारी महाप्रवन्धक झाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved