‘प्रणालीअनुरूप सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास भएन’

नेपालभ्युज

‘प्रणालीअनुरूप सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास भएन’

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले प्रणालीअनुरूपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताएका छन्। रोल…

राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा उनले सामाजिक न्याय र कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्नेबारे सबै राजनीतिक दलहरूमा आधारभूत एकरूपता हुनुपर्ने बताए। अर्थमन्त्री शर्माले अहिले शोधनान्तर घाटाको अवस्था ठूलो रहेको पनि बताए।

अर्थमन्त्री शर्माले भने, “आज गणतन्त्रपछि पनि पनि विकासले नयाँ गति लिन नसक्नुको कारण हाम्रो यो प्रणाली राज्य प्रणालीको कुरा गरेका छौँ। त्यो प्रणालीअनुरुपको के को कुरा के हो भन्ने एउटाले अर्कोले अर्को कुरा भनिरहेको छ। कसरी हुनसक्छ सामाजिक न्याय, कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने प्रश्नमा राजनीतिक दलहरूका आधारभुत एकरुपता चाहिन्छ। सबै सैद्धान्तिक कुरा मात्रै होइन।”

मन्त्री शर्माले कोरोना महामारीका बीच पनि आर्थिक क्रियाकलापहरूमा वृद्धि भइरहेको बताए। उनले पछिल्लो समय आयात बढेको र उपभोग्य वस्तुको आयात, कृषिजन्य वस्तुको आयात अर्बौंमा रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved