भरतपुर महानगरको तारिफ गर्दै प्रचण्डले भने, ‘यहाँको विकासलाई दुनियाँले सकारात्मक रूपले हेरेको छ’

नेपालभ्युज

भरतपुर महानगरको तारिफ गर्दै प्रचण्डले भने, ‘यहाँको विकासलाई दुनियाँले सकारात्मक रूपले हेरेको छ’
फाइल फोटो

चितवन। भरतपुर नगरपालिकाको विकासको मोडललाई दुनियाँभरले सकारात्मक रूपले हेरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।

भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्न पुगेका प्रचण्डले भने, “देशभरि भरतपुर महानगर विकासको दृष्टिकोणले कार्यकालभरि नै धेरै महत्वपूर्ण आयोजना अगाडि ल्यायो। निकै तीव्र रूपले देशभरि अगाडि बढ्यो।”

उनले भरतपुरबासीलाई यसका लागि धन्यवाद पनि दिए। आम नेपालीले भरतपुरलाई एक ढंगले हेर्ने उनले बताए। भने, “दुनियाँभरले भरतपुरको विकासको मोडललाई सकारात्मक गतिले हेर्छन्। यसलाई विशिष्ट महानगरका रूपमा हेरेका छन्। जुन परिस्थितिले भरतपुरको मेयरमा तालमेल भएको थियो। भरतपुरको एकता अक्षुण्ण छ।”

भरतपुर महानगरको विकासको निकै बेर चर्चा गरेका प्रचण्डले भरतपुरका सकारात्मक सोच र दृढ इच्छाशक्ति आफूले देखेको बताए। देशभरका नेकपा एमालेका मेयरहरूको आफूसँग पनि राम्रो सम्बन्ध भएको उनले बताए।

भरतपुरमा विकासका योजना बढाउन र देशभर विकास गर्न आफूहरूले निकै मिहिनेत गरेको उनको भनाइ थियो। यहाँको विकासबारे वक्ताहरूले भने संकोच मानेका भन्दै उनले गुनासो गरे। भने, “भरतपुरमा ४१ किलोमिटर सडक(रिंगरोड) बने पनि साथीहरूले बन्दै बनेनन् भने। भरतपुरको विकासप्रति होइन साथीहरूलाई चुनाव लागेछ।”

भरतपुरमा अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल मेयर छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved