कुलमान घिसिङको प्रतिबद्धताः लोडसेडिङ हुन दिँदैनौं, असारपछि ५ सय मेगावाटसम्म बेच्छौं

नेपालभ्युज

कुलमान घिसिङको प्रतिबद्धताः लोडसेडिङ हुन दिँदैनौं, असारपछि ५ सय मेगावाटसम्म बेच्छौं

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग महँगोमा विद्युत् किन्नुपर्दा प्राधिकरणलाई दैनिक २० देखि २२ करोड रुपैयाँको अतिरिक्त व्ययभार थपिएको बताएका छन्। यही मूल्यमा बिजुली किन्नुपरे लामो समय प्राधिकरणले धान्न नसक्ने उनको भनाइ थियो।

प्राधिकरणले आज आयोजना गरेको पत्रकार सम्मेलनमा घिसिङले एक हप्ताका लागि महँगो मूल्यमा बिजुलीको किनिए पनि लोडसेडिङ हुन नदिने प्रतिबद्धता जनाए। तर उद्योगीहरूलाई संकटका बेला सहयोग गर्न आग्रह गरे। जेठपछि उत्पादन बढ्ने उनले बताए। असारबाट ४-५ सय मेगावाट बिजुली निर्यात गर्न सकिने उनले बताए।

घिसिङले भने, “एक हप्ताका लागि उच्च मूल्यमा भए पनि जोहो गरेका छौं। लामो समय यसलाई जारी राख्न सकिँदैन। यस विषयमा उद्योगी र अर्थमन्त्रीसँग पनि छलफल गरिसकेको छु। सकारात्मक कुराकानी भएको छ।”

उनले थपे, “कालिगण्डकीको पानी जम्मा गर्थ्यौं हामीलाई पुग्थ्यो। अब भारतको एभरेज प्राइस करिब १२ रुपैयाँ पुग्यो। उहाँहरूले (बिहार) आफैंले पनि १ हजार मेगावाट लोडसेडिङ गरिरहेका छन्। अहिले तत्कालको समस्याले यस्तो भएको हो। ११ रुपैयाँ २३ पैसा त्यहाँको प्राइस थियो। १२ रुपैयाँ हामीले दिएका थियौं।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved