आजको मौसम: मौसममा सामान्य बदली

आज बिहानैदेखि मौसममा सामान्य बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।

नेपालभ्युज

आजको मौसम: मौसममा सामान्य बदली

काठमाडौं। आज बिहानैदेखि मौसममा सामान्य बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।
प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ। यो समय तापक्रम बढ्ने क्रममा रहेको र पहाडी भू–भागका केही स्थानमा चट्याङ पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

चैतदेखि तीन महिनासम्म प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने महाशाखाले जनाएको छ। प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भू–भागमा हावाहुरी मेघ गर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved