भारतबाट समुद्री आँधी शुरु, नेपालको पूर्वी भेगमा ७० किलोमिटर प्रतिघण्टामा आउने

नेपालभ्युज

भारतबाट समुद्री आँधी शुरु, नेपालको पूर्वी भेगमा ७० किलोमिटर प्रतिघण्टामा आउने
फाइल फोटो

काठमाडौं। नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।

मौसमविद् डा. धर्मराज उप्रेतीले भारतबाट समुद्री आँधी शुरु भएको र त्यसको प्रभावस्वरूप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताए।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मौसमविद् उप्रेतीले ६० देखि ७० किलोमिटर प्रतिघण्टाको वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यान्मारमा हाल ठूलो पानी पारिरहेको र दुई, तीन दिन अझै यसको वेग बढ्ने बताए।

यस आँधीको असर नेपालको पूर्वी भाग र उच्च हिमाली क्षेत्रमा पनि देखिने उनले उल्लेख गरे। शुक्रबारसम्ममा पूर्वी भागमा असिना पानी र हावाहुरी चल्ने सम्भावना रहेको उनले जानकारी दिए। उनले भने, “यो वर्षको सबैभन्दा पहिलो समुद्री आँधी हो। यो वर्ष प्रि मनसुन शुरु भइसकेपछिको पहिलो समुद्री आँधी यो अन्डमान निकोबार प्रायदिप जुन भारतको छ त्यहाँबाट शुरु भएको हो यो आँधी। र आज बिहान यसको गति एकदमै बढेको छ। र यो ६५ देखि ७० किलोमिटर प्रतिघण्टाको दरले हावाको वेग छ। र यो बंगालको खाडी र म्यान्मार कोष्टमा गएर यसले ठुलो पानि पारिराखेको अवस्था छ।”

यसको नाम भारत सरकारले राखिनसकेको उनले बताए। “असानी भनेर यसको नाम दिने भनेर चाहिँ भनिएको छ। तर यसको अवस्था हेरेर कस्तो हुन्छ यो भनेर भोलिसम्म यसको नामकरण गर्ने र त्यसपछि यसको असर पनि कतिसम्म जान्छ भन्नेकुरा चाहिँ भोलिसम्म निर्धारण हुन्छ। तर अहिलेसम्मको गति आज ६५ देखि ७० किलोमिटर प्रतिघण्टाको दरले चलेको छ, भोली थप तेजिलो हुन्छ र दुई, तीन दिनसम्म यसले त्यो क्षेत्रमा प्रभाव पार्छ।”

म्यानमार, बंगलादेशमा यसले असर गर्ने बताए। भने, “हाम्रो क्षेत्रमा पनि देशको पूर्वी भागमा पनि पर्ने सम्भावना पनि यसले निम्त्याउने अवस्था देखिन्छ। नेपालमा यसको पूर्वी भागमा र उच्च हिमाली क्षेत्रमा यसको असर देखिने सम्भावना छ। त्यो असर कुन स्तरको देखिन्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन भोलिसम्म थाहा हुन्छ। पूर्वी भागमा असिना पानि, हावाहुरी चल्ने सम्भावना अहिलेसम्म आएको छ। नेपालमा बिहीबार र शुक्रवार नेपालमा यसको सामान्य असर देखिने सम्भावना छ।”

सामान्य हावाहुरी र असिना पानी परे पनि ठूलो असर भने नदेखिने उनले स्पष्ट पारे। सामान्यतया मार्चमा यस्तो समुद्री आँधी नआउने भए पनि जलवायु परिवर्तनको असरस्वरूप छिट्टै आँधी आएको पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved