सुदूरपश्चिम: छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

नेपालभ्युज

सुदूरपश्चिम: छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु
सांकेतिक तस्वीर

धनगढी। सुदूरपश्चिका विभिन्न ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। शुक्रबार कैलालीमा २ , अछाम र बझाङमा १/१ गरी छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु भएको हो।

कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय अञ्जील कार्की र प्रजापती चौधरीको मृत्यु भएको हो। सोही दुर्घटनामा अर्का दिवस चौधरी घाइते भएका छन्।

टीकापुर नगरपालिका ४ असनेरीमा से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

यस्तै बझाङको बुगंल नगरपालिकामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। स्थानीयय रेडियो सेरोफेरोमा कार्यरत सुरेश कुवँरको दुर्घटनामा मृत्यु भएको हो। शुक्रबार विजगडानजीकै मोटरसाइकलमा सवार कुवँरको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

यस्तै अछाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मंगलसेनबाट साँफेबगर जाने क्रममा मंगलसेन-साँफेबगर सडकखण्ड अन्तर्गत कैलाशखोलानजिक ओलिगाउँ जाने सडकमा मोटरसाइकल दुर्घटनामा परेको हो।

बिहीबार से ६ प १८९९ नम्बरको दुर्घटनामा परी मंगला नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ४० वर्षीय शर्माले चलाएको मोटरसाइकल सडकबाट करिब ६८ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved