बस दुर्घटनामा दुई जनाको मृत्यु

नेपालभ्युज

बस दुर्घटनामा दुई जनाको मृत्यु
सांकेतिक तस्वीर

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा बस दुर्घटना भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नंबर ४ घर भएका २२ वर्षीय सुवास श्रेष्ठ र यात्रु सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

दुर्घटनामा दर्जन भन्दा बढी घाईते भएको र केहिको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यलय मनहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved