भारत सरकारले ‘द कश्मीर फाइल्स’ का निर्देशकलाई दियो वाई श्रेणीको सुरक्षा

कश्मीरी पण्डितहरूमाथि हुने अत्याचार र उपत्यकाबाट उनीहरूको पलायनको कथा देखाइएको ‘द कश्मीर फाइल्स’ ले बक्स अफिसमा दबदबा बनाएको छ। फिल्मले ६ दिनमा करीब ८० करोड भारु कमाएको छ।

नेपालभ्युज

भारत सरकारले ‘द कश्मीर फाइल्स’ का निर्देशकलाई दियो वाई श्रेणीको सुरक्षा

एजेन्सी। अहिले चर्चामा रहेको बलिउड फिल्म ‘द कश्मीर फाइल्स्स’का निर्देशक विवेक अग्निहोत्रीलाई भारतको गृह मन्त्रालयले वाई श्रेणीको सुरक्षा दिएको छ।

इन्टेलिजेन्स ब्यूरोको थ्रेट पर्सेप्सन रिपोर्टका आधारमा गृह मन्त्रालयले विवेकलाई यो सुरक्षा दिएको हो। यसको मतलब हो, अब विवेक भारतभर जहाा गए पनि उनीसँगै सीआरपीएफका जवानहरू सँगै रहनेछन्।

वाई श्रेणीमो सुरक्षामा जम्मा ८ जना सुरक्षाकर्मी तैनाथ छन्। यसमा सुरक्षा दिइने भीआईपीको घरमा पाँचवटा हतियारधारी स्टेटिक गार्ड राखिएको छ। साथै, तीन सिफ्टमा तीन पीएसओहरूले सुरक्षा प्रदान गर्छन्।

विवेक अग्निहोत्रीले आफ्नो फिल्ममा कश्मीरी पण्डितहरूमाथि हुने अत्याचार र उपत्यकाबाट उनीहरूको पलायनको कथा देखाएमन छन्। ‘द कश्मीर फाइल्स’ फिल्मले राजनीति पनि चर्किएको छ। नेता र राजनीतिज्ञले भनाइबाजी गरिरहेका छन् भने धेरैले यो फिल्मको विरोध पनि गरिरहेका छन्।

‘द कश्मीर फाइल्स्स’ ले बक्स अफिसमा दबदबा बनाएको छ। फिल्मले ६ दिनमा करीब ८० करोड भारु कमाएको छ।

फिल्मलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रशंसा गरेका छन्। भाजपाको सरकार भएका धेरै राज्यमा फिल्मलाई करमुक्त पनि गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved