षडानन्दमा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवन उद्घाटन

नेपालभ्युज

षडानन्दमा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवन उद्घाटन

भोजपुर। जिल्लाको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको आज उद्घाटन गरिएको छ।

सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप-प्रमुख श्रीमती नामग्य सी खम्पाले आज उक्त अस्पताल भवनको उद्धघाटन संयुक्त रूपमा गरेका हुन्।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको अस्पतालको उद्धघाटन समारोहमा भारतीय दूतावासका अधिकारीहरु सहित स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति थियो।

भारत सरकारको नपाली २ करोड २६ लाखको लागतमा निर्माण गरिएको उक्त अस्पताल परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव” अन्तर्गत निर्माण गरिएको छ।

१५ शय्याको क्षमता भएको नवनिर्मित अस्पतालमा जनतालाई राम्रो स्वास्थ्य सेवाप्रदान गर्न हेतु प्रसूति कक्ष, २४ सै घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन्।

तीमध्ये भोजपुरका ४ गरी प्रदेश १ मा ७८ वटा रहेका छन्। यसका अतिरिक्त भारत सरकारले भोजपुर जिल्लामा हालसम्म ३ वटा एम्बुलेन्स उपहार स्वरूप प्रदान गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved