फागु पूर्णिमामा एनसेलले ल्यायो ‘गजबको दैनिक जीबी प्याक’

नेपालभ्युज

फागु पूर्णिमामा एनसेलले ल्यायो ‘गजबको दैनिक जीबी प्याक’

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै ‘गज्जबको दैनिक जीबी प्याक’ अन्तर्गत नयाँ डेटा प्याकहरू ल्याएको छ।

साथै कम्पनीले दैनिक जीबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ। ग्राहकले अब करसहित मात्र १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन ७ दिन सम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन्। त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र रु १९९ मा लिएर ७ दिन सम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन्।

यी दुई दैनिक जीबी डेटा प्याकबाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकहरूमा डेटा भोल्युम पनि बढाएको छ। यस अन्तर्गत ग्राहकहरूले पहिलेकै मूल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्छन्। भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र रु १६९ मा १०।५ जीबी डेटा खरिद गरि दैनिक १।५ जीबी डेटा ७ दिन सम्म प्रयोग गर्न सक्छन्। पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिन सम्म कुल ७ जीबी पाइरहेका थिए।

अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र रु २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन्। यस अघि ग्राहकले सोही मूल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिन सम्म पाइरहेका थिए। त्यसैगरी एनसेलका ग्राहकले अब मात्र ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जसअन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन्।

यी नयाँ तथा परिमार्जित प्याकहरू आज बुधबार (चैत्र २) बाट सञ्चालनमा ल्याइएका हुन्। प्रिपेड ग्राहकले *१७१२३*# डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्छन्। त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरू खरीद गर्न सक्छन्।

दैनिक जीबी डेटा प्याकअन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरू र थप गरिएका डेटा भोल्युमहरूले ग्राहकहरूलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुशियाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved