बिस्तारै गर्मी बढ्दै, काठमाडौँको तापक्रम ३१ डिग्रीसम्म

हाल बङ्गलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली छ। यसले पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

नेपालभ्युज

बिस्तारै गर्मी बढ्दै, काठमाडौँको तापक्रम ३१ डिग्रीसम्म

काठमाडौं। देशभर तापक्रम बढ्ने क्रममा रहेको छ। मंगलबार काठमाडौँको अधिकतम तापक्रम ३१.२ डिग्री सेल्सियस पुगेको थियो। देशभर सबैभन्दा बढी धरानमा ३५.७ डिग्री सेल्सियस, नेपालगन्जमा ३३ डिग्री सेल्सियस, जनकपुरमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली छ। यसले पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved