युक्रेन युद्ध

लिथानिया र बेलारूसको जंगलमा ११ नेपाली अलपत्र

शनिबार उनीहरूले एनआरएनए स्लोभाकियाका प्रतिनिधिलाई सम्पर्क गरी आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरको हुन्।

नेपालभ्युज

लिथानिया र बेलारूसको जंगलमा ११ नेपाली अलपत्र
सन् २०२१ मा बेलारूसको जंगलमा अलपत्र परेकाहरू। तस्वीर: एबीसी न्युज

लण्डन। रूसबाट हिँडेका ११ जना नेपालीहरू लिथानिया र बेलारूसको जंगलमा अलपत्र परेका छन्।

शनिबार उनीहरूले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी आफ्नो उद्वारको लागि पहल गरिदिन आग्रह गरको हुन्।

उनीहरू रूसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ। सम्पर्ककर्तामध्येका एक सुभाव कुँवरले ह्वाट्सएप मार्फत आफ्नो उद्वारको लागि अनुरोध गरेका थिए। जर्मनीको लागि नेपाली राजदूत रामबाबु खड्काले ती नेपालीहरू युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामार्फत यूरोप छिर्न हिँडेको हुनेसक्ने आशंका बताए।

खड्काले उनीहरूको खोजीको लागि रूसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरूसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए। उनीहरूले रूसमा विगत केही वर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved