मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सांकेतिक तस्वीर।

बागलुङ। बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ध २ प १९२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।

झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो। मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved