राप्रपा नेपालको गोरखा अध्यक्षमा बस्नेत र महोत्तरीमा गौतम चयन

बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिती गठन भएको छ भने गौतमको अध्यक्षतामा ५३ सदस्यीय महोत्तरी जिल्ला समिती गठन भएको छ।

नेपालभ्युज

राप्रपा नेपालको गोरखा अध्यक्षमा बस्नेत र महोत्तरीमा गौतम चयन

काठमाडौं। राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिएको छ। राप्रपा नेपालले पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरु धमाधम गठन गरिरहेको छ।

राप्रपा नेपाल निकट कार्यकर्ताहरुको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुल बहादुर बस्नेत र महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतमलाई सर्वसम्मत चयन गरेको केन्द्रीय सचिवालयले जनाएको छ।

बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिती गठन भएको छ भने गौतमको अध्यक्षतामा ५३ सदस्यीय महोत्तरी जिल्ला समिती गठन भएको छ।

जनवर्गीय संगठनहरुमा युवक र विद्यार्थीको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवारले प्राप्त गरेका छन्।

भोलि २४ फागुनमा महिला संगठन केन्द्रीय समिती घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको तथा २८ गते राष्ट्रिय युवा मोर्चाको घोषणा हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved