इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाइटेमाथि सिटीको जित

इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाइटेडलाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ।

नेपालभ्युज

इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाइटेमाथि सिटीको जित

एजेन्सी। इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाइटेडलाई ४–१ ले हराउँदै म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। गएराति भएको खेलमा सिटीलाई सानदार जित दिलाउनको लागि केभिन डि ब्रुएनको र रियाद महारेजले समान दुई–दुई गोल गरे। युनाइटेडका जेडान सान्चोले एक गोल फर्काए।

खेलको पाँचौँ मिनेटमा डि ब्रुएनको गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। २२औँ मिनेटमा जेडान सान्चोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

२८औँ मिनेटमा डि ब्रुएनले नै गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए। ६८औँ मिनेटमा महारेजले गोल गर्दै खेललाई ३–१ ले अघि बढाए। इन्ज्युरी समयमा महारेजले नै व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई सानदार जित दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved