राप्रपा नेपालको मधेश अध्यक्षमा यादव र गण्डकीमा अधिकारी

नेपालभ्युज

राप्रपा नेपालको मधेश अध्यक्षमा यादव र गण्डकीमा अधिकारी

काठमाडौं। राप्रपा नेपालले दुई ओटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ।

पार्टी अध्यक्ष कमल थापाले विधानबमोजिम मधेश प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी (तनहुँ) लाई जिम्मेवारी दिएका राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ।

संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको राप्रपा नेपालले बाँकी प्रदेश र जिल्लाहरुमा चाँडै कार्यसमिति चयन गर्ने बताएको छ।

सो पार्टीले भ्रातृ संगठनहरुमा विद्यार्थी संगठन, पूर्वप्रहरी परिषद् गठन गरिसकेको छ भने युवक संगठनको २९ फागुनमा, महिला संगठनको २४ गते र युवा मोर्चाको २८ गते घोषणासभा मार्फत केन्द्रीय कार्यसमिति सार्वजनिक गर्ने राप्रपा नेपालले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved