पुटिन भन्छन्, ‘युक्रेनमाथिको हमला योजना अनुसार नै थियो’

रूसी सेनाले ठूलो काम गरेको तथा निकै साहसी काम गरेको पुटिनले बताए। उनले आफूहरु सफल भएको पनि बताए।

नेपालभ्युज

पुटिन भन्छन्, ‘युक्रेनमाथिको हमला योजना अनुसार नै थियो’

एजेन्सी। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताएका छन्।

‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ,’ सुरक्षा परिषद्को बैठकमा पुटिनले भनेका छन्।

‘हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ,’ उक्त बैठकमा पुटिनले भनेका छन्। उनले रूसले युक्रेनमाथि गरेको हमलामा रूसी सेनाले साहसपूर्वक काम गरेको पनि बताए।

रूसी सेनाले ठूलो काम गरेको तथा निकै साहसी काम गरेको पुटिनले बताए। उनले आफूहरु सफल भएको पनि बताए।

रूसको सीमा क्षेत्रमा पश्चिमाहरुबाट खतरा देखिएको तथा रूसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रूसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको पुटिनले बताए।

रूसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ । बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरुमा रूसी सेनाले हमला जारी नै राखेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved