नेपालको ओडीआई टिम घोषणा, सन्दीप नै कप्तान

नेपालभ्युज

नेपालको ओडीआई टिम घोषणा, सन्दीप नै कप्तान

काठमाडौं । नेपाली क्रिकेट टोलीको ओडीआई कप्तान पनि लेगस्पिनर सन्दीप लामिछाने भएका छन्। नेपाल क्रिकेट एशोसिएशन (क्यान)ले यसबारे जानकारी गराएको हो।

सन्दीपको कप्तानीमा नेपालले यसै महीना ओमानमा चार देश सम्मिलित टी-२० आई सिरिज र आईसीसी टी-२० विश्वकप छनोट खेलेको थियो।

नेपाल अब यूएईमा हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई र पपुवा न्युगिनीसँग ओडीआई त्रिकोणात्मक सिरिज खेल्दैछ। उक्त सिरिजअघि नेपाली टोलीले बिहीबार अभ्यासका लागि श्रीलंकाको पहिलो श्रेणीका टिमसँग चार अभ्यास खेल खेल्नेछ।

तीन महीनाअघि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारण देखाउँदै कारबाही गरेको थियो। त्यसपछि कप्तानबाट पदमुक्त गरी सन्दीपलाई कप्तान बनाइएको थियो।

यस्तो छ ओडीआई टिम घोषणा

१. सन्दीप लामिछाने (कप्तान)
२. ज्ञानेन्द्र मल्ल
३. दीपेन्द्र सिंह ऐरी
४. कुशल भुर्तेल
५. आरिफ शेख
६.आशिफ शेख
७. कमलसिंह ऐरी
८. विवेक यादव
९.सागर ढकाल
१०. पवन सर्राफ
११. करन केसी
१२. विनोद भण्डारी
१३. रोहित पौडेल
१४. सोमपाल कामी
१५.विक्रम सोब
१६.भीम सार्की

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved