रुसले गरेको युद्ध अपराधबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गर्ने

रुसले युक्रेनमा गरेको युद्धबारे अन्तर्राष्ट्रिय फौजदारी अदालत (इन्टरनेशनल क्रिमिनल कोर्ट) ले अनुसन्धान गर्ने भएको छ।

नेपालभ्युज

रुसले गरेको युद्ध अपराधबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गर्ने

काठमाडौं। रुसले युक्रेनमा गरेको युद्धबारे अन्तर्राष्ट्रिय फौजदारी अदालत (इन्टरनेशनल क्रिमिनल कोर्ट) ले अनुसन्धान गर्ने भएको छ। युक्रेनको पछिल्लो अवस्थाको प्रारम्भिक अध्ययन गर्दा रुसले युद्ध अपराध गरेको हुन सक्ने देखिएको विज्ञहरूले बताएका छन्।

आइसिसीका प्रमुख अभियोजक करिम खानले गएको बिहीबार (फेब्रुअरी २४) देखि युक्रेनमा रुसले सुरु गरेको आक्रमणको क्रममा युद्ध अपराध भएको हुन सक्ने भन्दै त्यससम्बन्धीमा अनुसन्धान गर्ने बताएका हुन्।

बेलायत र अरू ३८ राष्ट्रले रुसले युद्ध अपराध गरेको हुन सक्ने भन्दै त्यस सम्बन्धमा तत्काल अनुसन्धान गर्नका लागि आइसिसीलाई सिफारिस गरेका थिए। त्यस लगत्तै खानले अनुसन्धानको घोषणा गरेका हुन्।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले लगातार रुसले युद्ध अपराध गरेको भन्दै त्यसको अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन अपिल गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved