आज देशका केही भू–भागमा वर्षा र हिमपात हुने

आज देशका केही भू–भागमा वर्षा र हिमपात हुने भएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना छ।

नेपालभ्युज

आज देशका केही भू–भागमा वर्षा र हिमपात हुने

काठमाडौं। आज देशका केही भू–भागमा वर्षा र हिमपात हुने भएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली र प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ।
आज (बिहीबार) राति देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved