रूसका उडानमाथि युरोपियन युनियनले लगायो प्रतिबन्ध

रूसी सैनिक अपरेसनका कारण धेरै विमानहरु एडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको लियोनले बताइन्।

नेपालभ्युज

रूसका उडानमाथि युरोपियन युनियनले लगायो प्रतिबन्ध

एजेन्सी। युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रूसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ।

युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएकी हुन्। उनले रूसका सबै प्रकारका उडानहरुलाई बन्द गराइएको विज्ञप्तिमार्फत् जानकारी दिइन्।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले रूसका सबै प्रकारका उडानहरु, रूसी एयरलाइन्सका जहाजहरु र रूसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकासमा बन्द गराएका छौँ।’

रूसी सैनिक अपरेसनका कारण धेरै विमानहरु एडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको लियोनले बताइन्।

रूसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौँ दिन पनि रूसी सैनिकहरू युक्रेनको राजधानी किभ शहरमा छन्। राजधानी किभका सबैतर्फबाट रूसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ।

त्यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रूसी सेनाका ट्यांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ। युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रूसका विरुद्धमा यो प्रतिबन्ध लगाएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved