यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो : भीम रावल

नेपालभ्युज

यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो : भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले एमसीसीबारे व्याख्यात्मक घोषणा नभएर भ्रमात्मक घोषणा गर्न खोजिएको आरोप लगाएका छन्। उनले एमसीसी सम्झौता एउटा कलंकका रुपमा इतिहासमा दर्ज हुने दाबी गरेका छन्।

एमसीसीबारे संसदमा जारी छलफलमा बोल्दै रावलले भने, ‘‘जसरी हतार हतारमा दफावार छलफल भनिएको छ। यो व्याख्यात्मक घोषणा होइन। भ्रमात्मक घोषणा हो।’’

उनले जनतालाई ठग्ने काम भइरहेको बताए। ”दुईपक्षीय घोषणा गर्‍यौं भनेर एक पक्षीय रुपमा हामीले घोषणा गर्ने र जनतालाई ठग्ने काम भयो, योभन्दा ठूलो ठगी अरु केही हुँदैन,” रावलले भने,”यसरी निर्लज्जताका साथ नेपाली जनताबाट निर्वाचित भनिएको सरकारले जुन काम गरेको छ, यो एउटा कलंकको रुपमा इतिहासमा अंकित हुनेछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved